• २०८१ जेठ ३ बिहीबार

केजरीवाललाई सीबीआईको नोटिस, बयानका लागि बोलायो

kharibot

काठमाडौँ । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले मदिरा नीति मुद्दामा सोधपुछका लागि नोटिस जारी गरेको छ । एजेन्सीले उनलाई अप्रिल १६ मा बयानका लागि सीबीआई कार्यालयमा बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सूचना पाएपछि आम आदमी पार्टीका सांसद सञ्जय सिंहले पत्रकार सम्मेलन गरेका छन् । उनले केन्द्र सरकारले अरविन्द केजरीवाललाई जेल हाल्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

दिल्ली विधानसभामा अरविन्द केजरीवालको बयानपछि उनलाई नोटिस दिएर धम्की दिने प्रयास गरिएको आम आदमीले दाबि गरेको छ । 

यस अघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई सीबीआईले हिरासतमा लिएर अहिले अनुसन्धान गरिरहेको छ । उनलाई सीबीआईले फेब्रुअरी २६ मा पक्राउ गरेको थियो । 

सिसोदिया अहिले पनि हिरासतमा छन् । पछिल्लो सुनुवाईमा अदालतले सिसोदियाको हिरासत अप्रिल १७ सम्म बढाएको थियो । अदालतले सिसोदियाको जमानतमा अप्रिल १८ मा सुनुवाइ गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै