• २०८१ जेठ ३ बिहीबार

केजरीवाल बयानका लागि नजाने

kharibot

नयाँ दिल्ली । आम आदमी पार्टीका मुखिया तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) मा बयानका लागि नजाने भएका छन् ।  इडीले बयानका लागि बोलाएको दिन आज केजरीवालले आफुले पाएको नोटिस गैरकानुनी र राजनीतिक प्रेरित भएको बताउदै आफु उपस्थित हुन नसक्ने जवाफ पठाएका हुन् ।

केजरीवालले सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निर्देशनमा आफुलाई नोटिस पठाइएको आरोप समेत लगाएका छन् । इडीलाई पठाएको जवाफमा केजरीवालले आफु चुनावी प्रचारका लागि चार प्रदेशमा जान नदिन नोटिस दिइएको बताउदै यसलाई तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् । केजरीवालले आफु पार्टीको राष्ट्रिय संयोजक र स्टार प्रचारक भएकाले चुनावी प्रचारका लागि यात्रा गर्नुपर्ने र पार्टीका क्षेत्रीय कार्यकर्ताहरूलाई राजनीतिक निर्देशन दिनुपर्ने तथा दिल्लीको मुख्यमन्त्रीको हैसियतमा सरकारमा आफ्नो उपस्थिति आनिवार्य भएकाले बयानका लागि उपस्थित हुन नसक्ने जवाफ फर्काएका छन् ।

दिल्ली सरकारको नयाँ मदिरा नीतिमा भएको कथित घोटालाको ईडी र सीबीआईले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । ईडीले नीति तर्जुमा र कार्यान्वयनमा मनी लान्ड्रिङको आरोपको छानबिन गरिरहेको छ भने  सीबीआईले नीति निर्माण गर्दा भएको कथित अनियमिततामा अनुसन्धान गरिरहेको छ ।

कोरोना अवधिमा दिल्ली सरकारले दिल्ली अन्तःशुल्क नीति २०२१-२२ लागू गरेको थियो । यस रक्सी नीतिको कार्यान्वयनमा कथित अनियमितताको गुनासो आएपछि लेफ्टिनेन्ट गभर्नरले सीबीआई जाँचको सिफारिस गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै