• २०८१ जेठ ५ शनिबार

१३ एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

kharibot

काठमाडौँ । नेपाल प्रहरीका १३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृहमन्त्रालय वढुवा समितिले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १३ प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।

प्रहरीको बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ बमोजिम बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै