• २०८१ बैशाख २१ शुक्रबार

फिफा वरियतामा नेपालको एक स्थान सुधार

kharibot

काठमाडौँ । फुटबलको फिफा वरियतामा नेपालले एक स्थान सुधार गरेको छ । फिफाले विहिबार जारी गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १७४औं स्थानमा रहको छ । नेपाल यस अघि डिसेम्बरमा जारी वरियतामा १७५औँ स्थानमा रहेको थियो ।

त्यस्तै दक्षिण एशियाका देशहरुमा नेपालभन्दा अगाडी भारत १०१औँ स्थानमा छ भने माल्दिभ्स १५४औँ स्थानमा रहेका छन् ।

त्यस्तै भुटान १८५ र बंगलादेश १९२, पजिस्तान १९५ र श्रीलंका २०७औं स्थानमा रहेका छन् ।   

त्यस्तै फिफाको नयाँ वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा उक्लिएको छ । पछिल्लो ६ बर्षमा अर्जेन्टिना फिफा वरियतामा पहिलो पटक शिर्ष स्थानमा उक्लिएको हो ।

यस अघि दोस्रो स्थानमा रहेको अर्जेन्टिना विश्वकप जितेपछि खेलेका दुई मैत्रीपूर्ण खेल जितेपछि एक स्थान सुधार गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।

त्यस्तै हालै मोरक्कोसंग पराजित भएको ब्राजिल भने पहिलो स्थानबाट तेस्रो स्थानमा पुगेको छ ।

त्यस्तै विश्वकपको उपविजेता रहेको फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बेल्जियम चौथो स्थानमा कायम रहेको छ भने इङल्याण्ड पाँचौं, नेदरल्याण्डस छैटौं, क्रोसिया सातौँ, इटाली आठौँ, पोर्चुगल नवौं र स्पेन दशौँ स्थानमा रहेको छ ।

अब फिफा वरियताको अर्को अपडेट जुलाई २० मा प्रकाशित हुने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै