• २०८१ बैशाख २० बिहीबार

फिफा वरियतामा अर्जेन्टिना शिर्षमा कायमै, पोर्चुगलको एक स्थान सुधार

kharibot

काठमाडौँ । फिफाको नयाँ वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको छ ।

विहिबार फिफाले जारी गरेको नयाँ वरियतामा विश्वकप विजेता अर्जेन्टिना शिर्ष स्थानमा कायम रहेको हो ।

त्यस्तै फ्रान्स यसअघिकै दोस्रो, ब्राजिल तेस्रो, इङल्याण्ड चौथो, बेल्जियम पाँचौं, क्रोसिया छैटौं र नेदरल्याण्डस सातौ स्थानमा कायमै रहेका छन् । त्यस्तै पोर्चुगलको भने एक स्थान सुधार भएको छ । पोर्चुगल एक स्थान सुधार गर्दै आठौ स्थानमा उक्लिएको छ भने इटाली एक स्थान तल झरेर नवौं स्थानमा रहेको छ । त्यस्तै स्पेन दशौँ स्थानमा रहेको छ ।

त्यसैगरी नेपाल भने यस अघिकै १७५औ स्थानमा कायम रहेको छ भने छिमेकी देश भारत यसअघिको ९९औं स्थानबाट तीन स्थान तल झरेर १०२ स्थानमा पुगेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै