• २०८१ बैशाख २१ शुक्रबार

फिफा वरियतामा शिर्ष स्थानमा उक्लियो अर्जेन्टिना

kharibot

काठमाडौँ । फुटबलको फिफा वरियतामा अर्जेन्टिना शिर्ष स्थानमा उक्लिएको छ । पछिल्लो ६ बर्षमा अर्जेन्टिना फिफा वरियतामा पहिलो पटक शिर्ष स्थानमा उक्लिएको हो ।

यस अघि दोस्रो स्थानमा रहेको अर्जेन्टिना विश्वकप जितेपछि खेलेका दुई मैत्रीपूर्ण खेल जितेपछि एक स्थान सुधार गर्दै शिर्ष स्थानमा उक्लिएको हो ।

त्यस्तै हालै मोरक्कोसंग पराजित भएको ब्राजिल भने पहिलो स्थानबाट तेस्रो स्थानमा पुगेको छ ।

त्यस्तै विश्वकपको उपविजेता रहेको फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै बेल्जियम चौथो स्थानमा कायम रहेको छ भने इङल्याण्ड पाँचौं, नेदरल्याण्डस छैटौं, क्रोसिया सातौँ, इटाली आठौँ, पोर्चुगल नवौं र स्पेन दशौँ स्थानमा रहेको छ ।

त्यस्तै नेपाल हाल फिफा वरियतामा १७४औ स्थानमा रहेको छ । यस अघि एक स्थानमा रहेको नेपालले एक स्थान सुधार गरेको हो । 

अब फिफा वरियताको अर्को अपडेट जुलाई २० मा प्रकाशित हुने छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै