• २०८१ बैशाख १७ सोमबार

 तुलसी ट्रेड टावर मुख्यमन्त्री गिरीद्वारा शिलान्यास

kharibot

दाङ । तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण  थालिएको छ ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गरे। पाँच महिनाअघि नै सो टावर निर्माण थालिएको थियो । 

दाङलाई पर्यटनको केन्द्रको रूपमा विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै  मुख्यमन्त्री गिरीले दाङ ठूलो उपत्यका भएको र चुरे महाभारत शृङ्खला पनि रहेकाले हिलस्टेशनका रूपमा अघि बढाउन पनि सकिने बताए । उनले कोइलाबासबाट सुरुङमार्ग निकालेर दाङ उपत्यका पुर्याउन सकिने योजनाबारे पनि चर्चा गरे । पत्रकारको एक प्रश्नको जवाफमा मुख्यमन्त्री गिरीले आफूले विश्वासको मत नपाए संसद्को ठूलो दलले मुख्यमन्त्री पाउने बताए । मुख्यमन्त्री गिरीले केही समयमै विश्वासको मत लिने बताए । गत चैत १२ गते माओवादीलगायत दलले उहाँलाई दिएको समर्थन फिर्ता लिएका थिए ।  

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उपमहानगरपालिकाकै जग्गामा ठूलाठूला घर बनाएर बेचबिखनका  काम भइरहेको बताए ।

उनले ती घर छोडाउनका लागि बारम्बार भनिए  पनि सम्बद्ध व्यक्तिले अटेर गरेकाले  जग्गा खाली गराएरै छोडिने जानकारी गराए । अहिलेसम्म उपमहानगरपालिकाको जग्गामा घर बनाएकाहरूले कर नतिरेको र भाडा पनि नदिएकाले  त्यस्ता व्यक्तिलाई सम्मान गर्न नसकिने उल्लेख गर्दै उपमहानगर प्रमुख खड्काले मिचिएका घर खाली गराएर जग्गा भाडामा दिइ आम्दानी लिने तयारी रहेको उल्लेख गरे  । 

सोही उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले रु १४ करोड ४२ लाखको  लागतमा बहुउद्देश्य व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको बताए ।

जहाँ लिफ्टसहित सात तलाको टावर निर्माण हुनेछ । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावर निर्माणको काम तीन वर्षमा पूरा गर्नेगरी ठेक्का सम्झौता भएको छ ।

२३ करोडमा टेन्डर आह्वान गरिएकामा समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोड निर्माण सक्ने गरी ठेक्का पाएको थियो

कूल लागतमध्ये ७० प्रतिशत रकम नगरविकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । त्यसमा भूमिगत गाडी पार्किङ पनि निर्माण गरिने भएको छ ।

उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा जमिनमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङका साथै  विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट पनि सञ्चालनमा आउनेछन् ।

उक्त भवन २०८१ चैत मसान्तसम्म सक्नेगरी सम्झौता भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै