• २०८१ जेठ ६ आइतबार

रवि लामिछानेमाथि राहदानी बारे मुद्धा नचलाउने महान्यायाधिवक्ताको निर्णय

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ । 

महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेका हुन् । 

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो । उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदन गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।

लामिछानेको नागरिकतापछि बाँकी रहेको राहदानीसम्बन्धि विवाद टुंगिएको छ । योसँगै लामिछानेलाई उपनिर्वाचनमा जना सजिलो भएको छ भने नागरिकतासँगै राहदानी विवाद पनि टुंगिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै