• २०८१ असार १० सोमबार

नेविसंघको रवि लामिछानेलाई प्रश्न- खै जीबी राई ?

kharibot

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा आफ्ना भातृसंस्थालाई सडकमा उतारेको छ ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ । 

संसदीय छानबिन समितीको माग गर्दै संसद् अवरुद्ध गरेको कांग्रेसले अब आफ्ना भातृ संस्थालाई सडकमा उतारेको हो ।  

मंगलबार महिला संघका कार्यकर्ताले प्रदर्शन गरेका थिए भने बुधबार  बिहान कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनमा ‘गुड मर्निङ केपी बा, चिया खानु भो ?, रवि दाइ, खै जिवी राई ? ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएका प्ले कार्ड प्रदर्शन गदै नाराबाजी गरेका थिए । 

सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरुपयोग भएको र त्यसमा गृहमन्त्री समेत जोडिदा पनि सरकार गम्भीर नभएको नेविसंघले आरोप लगाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै