• २०८१ असार १० सोमबार

रवि लामिछाने भन्छन्- एक पटक बोल्न पाउनु पर्यो, त्यत्ति हो मागेको

kharibot

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने आफ्नो माग दोहोराएका छन् ।

सामाजिक सञ्जालमार्फत लामिछानेले एक पटक बोल्न पाउनुपर्ने मात्र मागेको बताउदै घिन लाग्दो मिडिया ट्र्याल भएको टिप्पणी गरेका हुन् । 

उनले भनेका छन्- 'एक पटक बोल्न पाउनु पर्यो । त्यत्ति हो मागेको । यति घिन लाग्दो  मिडिया ट्रायल ???'

कांग्रेसले सहकारी ठगि प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद अवरोध गर्दै आएको छ । प्रधानमन्त्रीसहित सभामुखले पनि पटक पटक छलफल गरेर सहमतिको प्रयास गरेपनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै