• २०८१ माघ २२ मंगलबार

युएईमाथि नेपालको शानदार जित, एकदिवसीय मान्यता जोगियो

kharibot

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई पराजित गरेको छ । आइतबार टियु क्रिकेट ग्राउण्डमा सम्पन्न खेलमा नेपालले युएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

नेपालले दिएको २४९ रनको लक्ष्य पछायाएको युएई २२.५ ओभरमा अल आउट हुदै केवल ७१ रन बनाएको थियो ।

नेपालको जितमा ललित राजबंशीले ५ विकेट लिएका थिए । ललितले ७.५ ओभरमा २ मेडनसहित २० रन दिएर ५ विकेट लिएका थिए ।

त्यस्तै सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४९.२ ओभरमा अल आउट हुदै २४८ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ७७ रन बनाए भने आरिफ सेखले ४३ रनको योगदान दिए । त्यस्तै गुलशन झाले ३७ रन बनाए भने भिम सार्कीले २९ रन, कुशल भुर्तेलले ८, आसिफ सेख ०, कुशल मल्ल ९ रन, सन्दीप लामिछानेले २ रन बनाएर आउट भएका थिए ।त्यस्तै दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए भने सोमपाल कामीले २ रन बनाएका थिए ।

त्यस्तै युएईका बलर आयान अफजल खान, जावर फरिद, जाहूर खान र रोहन मुस्ताफाले २-२ विकेट लिए भने आर्यान लाक्रा र जुनैद सिद्धिकीले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपाल आइसीसी विश्वकप लिग-२ को टप पाँच भित्र रहदै एकदिवसीय स्ट्याटस जोगाएको छ । साथै नेपाल अंक तालिकामा ३४ खेलमा ३६ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

त्यस्तै युएईको ३४ खेलमा ३१ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।

अब नेपालले यस सिरिजको अर्को खेलमा सोमबार पिएनजीसँग खेल्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै