• २०८१ मङ्सिर १६ आइतबार

लस पलमाससँग बार्सिलोना पराजित

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा लास पलमाससँग बार्सिलोना पराजित भएको हो ।

लस पलमासको जितमा सान्द्रो रामिरेज र फाबियो सिल्भाले एक एक गोल गरेका थिए भने बार्सिलोनाका लागि एक गोल राफिन्हाले गरेका थिए ।

यो बार्सिलोनाको यस सिजनको ला लिगामा तेस्रो हार हो । बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लस पलमासको यो जितपछि १५ खेलमा १५ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै