• २०८१ बैशाख १७ सोमबार

दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

kharibot

काठमाडौँ । भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनिष सिसोदियालाई सीबीआईले पक्राउ गरेको छ ।

आम आमी पार्टीबाट दिल्लीको उपमुख्यमन्त्री सोसिदियालाई सीबीआईले आइतबार ८ घण्टा सोधपुछ गरेको थियो । सिसोदियालाई दिल्लीमा मदिरा नीति मार्फत व्यापारीहरूलाई फाइदा पुर्याएको आरोपमा अनुसन्धानको क्रममा हिरासतमा लिएको हो ।

जुलाई २०२२ मा, दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले मनिष सिसोदियाविरुद्ध सीबीआई जाँचको माग गरेका थिए । सक्सेनाले सिसोदियाले नियमको बेवास्ता गरेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । यसपछि ईडी र सीबीआईले सिसोदियाविरुद्ध अनुसन्धान सुरु गरेका थिए ।

सिसोदिया आम आदमी पार्टीका दोस्रो मन्त्री हुन् जसलाई केन्द्रीय एजेन्सीले एक वर्षभन्दा कम समयमा पक्राउ गरेको छ । यसअघि दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई मे २०२२ मा प्रवर्तन निर्देशनालय (ईडी) द्वारा पक्राउ गरिएको थियो, उनी अझै जेलमा छन् ।

सीबीआईले आजै सिसोदियालाई अदालतमा पेश गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै आफ्नो पार्टीका उपमुख्यमन्त्री पक्राउ परेपछि आम आदमी पार्टीले आज भारत भर प्रदर्शन गरिरहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै