• २०८१ बैशाख १७ सोमबार

भारतको पञ्जावमा आम आदमी पार्टी बहुमततर्फ

kharibot

काठमाडौँ । भारतको पञ्जाव राज्यमा आम आदमी पार्टी सरकारमा आउने सम्भावना देखिएको छ ।

अहिले जारी मतगणनामा शुरुवाती रुझानमा आम आदमी पार्टीले बहुमत ल्याउने देखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

११७ सदस्यीय पञ्जाव विधान सभामा अहिले आमआदमी पार्टी ६४ सिटमा अगाडी रहेको छ ।

यस अघि २०१७ मा भएको निर्वाचनमा आम आदमी पार्टीले केबल १२ सिटमा जित हासिल गरेको थियो ।

पञ्जावमा अहिले भारतीय नेशनल काँग्रेसको सरकार रहेको छ । अहिले पञ्जावमा काँग्रेस १७ सिटमा मात्र अगाडी रहेको छ ।

शुरुवाती मत परिणामको रुझानले अब दिल्ली पछि पञ्जावमा सरकार बनाउने संकेत देखिएको छ । आम आदमीले बहुमत ल्याएमा भागवत मन पञ्जावको मुख्यमन्त्री बन्ने छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै