• २०८१ बैशाख १७ सोमबार

दिल्लीको मेयर बनिन् आम आदमी पार्टीकी शेली

kharibot

काठमाडौँ । भारतको दिल्ली नगर निगमको मेयरमा आम आदमी पार्टी विजयी भएको छ । 

नगर निगमको चुनावको ८० दिनपछि दिल्लीले नयाँ मेयर पाएको हो । आम आदमी पार्टीकी शेली ओबेरोय मेयरमा निर्वाचित भएकी छन् । शैलीले १५० मत प्राप्त गरेकी छन् । उनले भाजपाकी रेखा गुप्तालाई ३४ मतले पराजित गरेकी छन् ।

दिल्लीले १० वर्षपछि महिला मेयर पाएको छ । भाजपाकी रजनी अब्बी सन् २०११ मा अन्तिम महिला मेयर थिइन् । यसपछि २०१२ मा शीला दीक्षितको सरकारमा दिल्ली नगर निगमलाई ३ भागमा बाँडिएको थियो । २०२२ मा, यी भागहरू फेरि एकजुट भए । त्यसपछि यो पहिलो निर्वाचन हो ।

अर्कोतर्फ, मेयरको चुनावमा शेली ओबेरोयको जितपछि सीएम अरविन्द केजरीवालले गुंडागर्दी पराजित भएको, दिल्लीका जनताको जित भएको बताएका ।

गत ८ डिसेम्बरमा एमसीडी चुनावको नतिजा आएपछि दिल्लीको नगर निगममा १५ वर्षपछि भारतीय जनता पार्टी बाहिरिएको थियो ।

१५ वर्षपछि पनि एमसीडीमा भाजपाले बहुमत पाउन सकेन । २५० सिट भएको सदनमा मेयर बन्न १३८ मत आवश्यक थियो । मेयरको निर्वाचनमा २४१ नगरसेवक, १० सांसद र १४ विधायकले मतदान गरेका छन् । कांग्रेसका ९ जना पार्षदले निर्वाचनमा भाग लिएका थिएनन् ।

यस अघि तीन पटक मेयरको निर्वाचनको प्रयास असफल भएपछि सर्वोच्च अदालतले  हस्तक्षेप गरेपछि बुधबार निर्वाचन भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै