• २०८१ जेठ ६ आइतबार

४० वर्ष पुगेका विद्यार्थी नेता अनेरास्ववियुबाट बिदा हुन नेता ढकालको आग्रह

kharibot

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह बताएका छन् । 

मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टीको जनसम्पर्क समन्वय समिति संयोजक समेत रहेका स्थायी कमिटी सदस्य ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई संगठनबाट बिदा हुन आग्रह गरेका हुन् । 

उनले विद्यार्थी संगठन छोडेर पार्टीका काममा लाग्न आग्रह गरे । उनले भुगोलमा काम नगरी पार्टीले निर्वाचनको टिकट पनि नदिने भन्दै भुगोलमा गएर पार्टीको काम गर्न सुझाव दिए । संगठनबाट स्वेच्छाले बाहिरिने विद्यार्थी नेताहरुलाई पार्टीले पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी दिने पनि उनले बताए । उनले उच्च समझदारीका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए । 

उनले  विद्यार्थी संगठनले पुरानो तरिकाको राजनीति नगरी रचनात्मक तरिकाले कामहरुहरु गर्नुपर्ने बताए । उनले एमालेमा कसैले संस्थागत गुट बनाउँछ भने सो कुरा स्वीकार्य नहुने बताए । निर्वाचन भएको खण्डमा प्यानल नबनाई एक्लाएक्लै उम्मेदवार बन्नुपर्ने उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै