• २०८१ जेठ ६ आइतबार

नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छ- महासचिव पोखरेल

kharibot

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताएका छन् । 

मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए ।

उनले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाए ।

नागरिक समाजको अगुवाहरु यथास्थितिवादको पक्षमा रहेको उल्लेख गर्दै उनले उनीहरुले समाज विकासलाई रोक्न भुमिका खेलेको बताए । महासचिव पोखरेलले एमालेका बिरुद्ध सडकमा आउने नागरिक समाजकै बिरुद्ध अनेरास्ववियु वैचारिक र राजनीतिक रुपमा खडा हुनुपर्ने बताए । 

महासचिव पोखरेलले समाजमा धार्मिक अतिवाद र धर्मान्तरको नाममा आक्रमण भइरहेको भन्दै नेपाली सांस्कृतिक मूल्य, मान्यताको जगेर्ना गर्नुपर्ने बताए । उनले संस्कृति रक्षाको पक्षमा उभिन पनि अनेरास्ववियुका विद्यार्थीहरुलाई आग्रह गरे । इतिहास र संस्कृतिमाथि आक्रमण भए राष्ट्र कमजोर हुने उनको भनाई छ ।

उनले एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने बताए । देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने उनले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै