• २०८१ जेठ ६ आइतबार

सर्वोच्चको आदेश अनुसार नेशनल मेडिकल कलेजलाई सम्बन्धन - त्रिभुवन विश्वविद्यालय

kharibot

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सर्वोच्चको आदेश अनुसार नेशनल मेडिकल कलेज सम्बन्धन दिएको बताएको छ ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयले विज्ञप्ति निकालेर विगतमा सर्वोच्च अदालतले दिएको आदेश, मन्त्रीस्तरीय निर्णय र डिनको कार्यालयबाट प्राप्त पत्रको व्यवहोरा अनुसार नै नेशनल मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिएको स्पष्ट पारेको छ ।

त्रिवि कार्यकारी परिषदले गत साउन १२ गते नेशनल मेडिकल कलेजलाई शैक्षिक वर्ष ०७४/७५ देखि एमबीबीएसको मात्र पढाइ सुरु गर्न अस्थायी सम्वन्धन दिएको थियो ।

त्रिविद्वारा जारी विज्ञप्तिमा सम्मानित सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न पर्दैन भनी आधिकारिक निकायबाट लिखित निर्देशन प्राप्त भएमा त्रिवि कार्यकारी परिषदको निर्णयमा पुनर्विचार गर्न सकिने कुरा उल्लेख गरिएको छ ।

नेशनल मेडिकल कलेजलाई स्मबंधं दिएको विषयको विरोध गर्दै नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्य मन्त्री गगन थापाले संसद सचिवालयमा सार्वजनिक महत्वको प्रस्ताव समेत दर्ता गराएका छन् । डा. गोविन्द केसीले पनि यसको विरोध गर्दै दिएको सम्बन्धन फिर्ता नलिए फेरी अनशन बस्ने चेतावनी समेत दिएका छन् ।

त्रिबिले निकाले बक्तब्य यस्तो छ :  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै