• २०८१ जेठ ५ शनिबार

हामी राजासहितको प्रजातन्त्र कायम गर्न आएका छौं- धवलशमशेर जबरा

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले यहि संबिधानबाट आफ्ना एजेण्डा स्थपित गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद धवलशमशेरले संसदमा राप्रपालाई नहेप्न चेतावनी दिदै जनताको मत पाएर सदनमा आएको बताए ।

उनले भने- राप्रपा सानो होला तर हामी नेपाली जनताको मनमा भिजेका छौं । हामी नेपालमा फेरी सनातन हिन्दु राज्य कायम गर्न आएका छौं । हामी फेरी राजासहितको प्रजातन्त्र कायम गर्न आएका छौं, त्यो कुरा संबिधानले रोक्दैन ।'

उनले आफुहरुले संबिधान मान्ने बताउदै यहि संबिधान भित्र बसेर आफ्ना मुल्य र मान्यता पुरा गर्ने बताए । उनले संसदमा आफुहरुलाई हेप्ने काम नहोस भन्दै चेतावनी दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै