• २०८१ बैशाख ११ मंगलबार

सबै विषय पुस्तकमा सामेल गरेको भए मेरा पिता र दाजुले माफी दिने थिएनन्- ह्यारी

kharibot

काठमाडौँ । बेलायतका राजकुमार ह्यारी आफ्नो पुस्तक 'स्पेयर' को विषयमा अहिले लगातार चर्चामा रहेका छन् । पुस्तकमा उनले आफ्नो व्यक्तिगत जीवनका धेरै खुलासा गरेका छन् ।

उनको पुस्तकले बेलायती शाही परिवारसमेत तरंगित भएको छ । तर ह्यारीले आफ्नो पुस्तकमा धेरै महत्त्वपूर्ण खुलासाहरू समावेश नगरेको बताएका छन् । उनले हालै प्रकाशित एक अन्तर्वार्तामा आफुले सबैकुरा लेखेको भए आफ्ना पिता र दाजुले आफुलाई कहिल्लै माफ गर्दैनथे भनेका छन् ।

ह्यारीले बेलायती अखबार टेलिग्राफलाई उनीसँग अर्को पुस्तक लेख्न पर्याप्त सामग्री रहेको र त्यो मुख्यतया उनको दाजु प्रिन्स विलियम र बुबा राजा चार्ल्स तृतीयसँगको सम्बन्धमा केन्द्रित हुन सक्ने समेत बताएका छन् । उनको त्यो किताबले राजपरिवारलाई झनै विचलित पार्न सक्ने अनुमान गरिएको छ । आफ्नो पुस्तक ‘स्पेयर’ बारे उनले भने, ‘पुस्तकको पहिलो मस्यौदा फरक थियो । पहिले ८ सय पानाको हुने भएपनि अहिले ४ सय पानामा झरेको छ ।

प्रिन्स ह्यारीले भने, 'यो दुईवटा किताब हुन सक्थ्यो । केहि अन्य प्रसंगहरू मैले उल्लेख गरेको थिए । तर मैले यो लेखकलाई प्रसंगको लागि मात्र भनेको थिए । र म तिनीहरूलाई पुस्तकमा समावेश गर्दिन भने । 

मेरो परिवारलाई समावेश नगरी आफ्नो कथा भन्न असम्भव थियो । म र मेरो भाइको बीचमा जे भयो र केहि हदसम्म मेरो पितासँग भयो । म संसारलाई यो थाहा नहोस् भन्ने चाहन्थे किनकी यदि ति विषय सार्बजनिक भएको भए मलाई मेरो पिता र दाजुले कहिल्लै माफ गर्दैनथे ।'

ह्यारीले अन्तर्वार्तामा आफुले राजतन्त्रलाई खतम गर्न नखोजेको बताउदै बरु बचाउने प्रयास गरेको बताएका छन् । 

उनले भनेका छन्- 'म राजतन्त्रलाई खतम गर्ने प्रयासमा छैन बरु मैले यसलाई बचाउन खोजिरहेको छु । म चाहन्छुकी मेरो परिवारले मेगनसँग माफी मागोस् ।'

प्रकाशित भएको एक हप्ता 'स्पेयर' बेलायतमा सबैभन्दा छिटो बिक्री हुने गैर-फिक्शन पुस्तक बनेको छ । पुस्तकमा ह्यारीले शाही परिवारमाथि धेरै प्रश्न उठाएका छन् र धेरै आरोप पनि लगाएका छन् । यद्यपि केन्सिङ्टन प्यालेस र बकिंघम प्यालेस दुवैले पुस्तकको सामग्रीमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

यो पुस्तक रिलिज भएको पहिलो दिन बेलायत, अमेरिका र क्यानाडामा गरि १४ लाख ३० हजार प्रति बिक्री भएको थियो । जुन अहिलेसम्म प्रकाशित नन फिक्सन पुस्तकको नयाँ रेकर्ड हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै