• २०८१ बैशाख १७ सोमबार

प्रदेश नं १ मा तीन मन्त्रीको शपथ

kharibot

मोरङ । प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले आज तीन मन्त्रीलाई शपथ गराएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, १६८ को उपधारा ९ बमोजिम प्रदेश मन्त्रिपरिषद् विस्तारका लागि सिफारिश भएअनुसार शपथ गरिएको हो ।

शपथग्रहण समारोहमा मुख्यमन्त्री कार्की, प्रदेशसभाका सभामुख बाबुराम गौतम, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै