• २०८१ बैशाख २१ शुक्रबार

सुकीविरूद्धको अन्तिम मुद्दाको फैसला शुक्रबार आउने

kharibot

याङ्गुन । म्यान्मारको जुन्ता सरकारप्रति वफादार अदालतले जेलमा रहेका नागरिक नेतृ आङ सान सुकीको १८ महिना लामो सुनुवाइका बाँकी पाँच वटा अभियोगमा शुक्रबार फैसला सुनाउने भएको छ ।

गत वर्ष फेब्रुअरीमा सेनाले सुकीको सरकार अपदस्थ गरेपछि सुकीले नजरबन्द (जेल) जीवन विताउँदै आएकी छन् । 

नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि अवैध रूपमा वाकीटकी आयात गरेको र सरकारी गोपनीयता सम्बन्धी ऐन उल्लङ्घन गरेको १४ वटा अभियोगमा यसअघि नै दोषी ठहर गर्दै ‘२६ वर्ष’को जेल सजाय सुनाइएको छ ।

“दुवै पक्षले आज अदालतमा अन्तिम बहस गरेका छन्,” सोमबार नाम नबताउने शर्तमा एक जना सरकारी अधिकारीले बताए । 

आफु सञ्चारमाध्यमलाई रिपोर्टिङ् गर्न अख्तियारप्राप्त व्यक्ति नभएको बताउँदै नाम गोप्य राख्ने शर्तमा उनले भने, “आगामी शुक्रवार (३० डिसेम्बर) मा फैसला आउनेछ ।” उनले सुकीको स्वास्थ्य राम्रो रहेको पनि बताए । 

अधिकारवादी समूहहरूले यो मुद्दालाई ढोंगको संज्ञा दिएका छन् र बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले म्यान्मारको ‘कू’ पछिको अवस्थाबारे आफ्नो पहिलो प्रस्तावमा सुकीलाई रिहा गर्न जुन्ता सरकारलाई आग्रह गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै