• २०८१ बैशाख २१ शुक्रबार

म्यान्मारमा सुकीको पार्टीसहित ४० दल बिघटन

kharibot

काठमाडौँ । म्यान्मारमा सैनिक सरकारले आङ सान सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेटिक (एनएलडी) लगायत ४० दललाई विघटन गरेको छ । सेनाले यी दलहरूले नयाँ निर्वाचन कानून अन्तर्गत दर्ता गर्न असफल भएको बताउदै विघटन गरको हो । 

मङ्गलबार राति सरकारी सञ्चारमाध्यम म्यावाडी टिभीले देशका ६३ दल स्थानीय वा राष्ट्रिय स्तरमा दर्ता भएको जनाएको छ । सोही क्रममा करिब ४० दलले तोकिएको समयसम्म निर्वाचनका लागि दर्ता नगरेपछि विघटन भएको घोषणा गरिएको थियो ।

दलहरु विघटनपछि संयुक्त राष्ट्रसंघले म्यानमारमा प्रजातन्त्रको पुनस्र्थापना गर्न माग गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले मंगलबार आङ सान सुकीको रिहाइमा जोड दिएका छन् । उनले भने, ‘हामी म्यानमारमा प्रजातन्त्रको पुनरागमन हेर्न चाहन्छौं । हामी आङ सान सुकी र अन्यको रिहाई चाहन्छौं। हामी यस दिशामा काम जारी राख्नेछौं।'

मार्च २७ मा , सैन्य नेता जनरल मिन आंगले हलिङले वार्षिक परेडमा प्रारम्भिक चुनाव घोषणा गरे । तर, यस अवधिमा उनले मिति घोषणा गरेका छैनन् । हलिङले देशमा विपक्षीलाई कारबाही गर्न आफूले कुनै कसर बाँकी नराख्ने बताए । उनले मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् । गत महिना सेनाले २ वर्षका लागि लगाइएको संकटकाल ६ महिना थप गर्ने घोषणा गरेको थियो ।

आङ सानको पार्टी एनएलडीका वरिष्ठ नेता तुन मिन्टले आफ्नो पार्टीका अधिकांश नेता जेलमा वा क्रान्तिमा संलग्न भएका बेला पार्टी दर्ता नगरेको बताएका छन् । उनले सेनाले पार्टी विघटन गरेर केहि फरक नपर्ने समेत बताएका छन् । 

इन्टरनेशनल क्राइसिस ग्रुपले अहिलेको अवस्थामा निर्वाचन देशका लागि खतरनाक भएको बताएको छ ।

म्यानमारको सेनाले सन् २०२१ फेब्रुअरी १ ​​मा विद्रोह गरेको थियो । लोकप्रिय नेता तथा स्टेट काउन्सिलर आङ सान सुकी र राष्ट्रपति विन मिन्ट लगायत धेरै नेताहरु पक्राउ परेका थिए । यसपछि सैन्य नेता जनरल मिन आङ ह्लिङले आफूलाई देशको प्रधानमन्त्री घोषणा गरेका थिए । सेनाले देशमा २ वर्षे संकटकाल घोषणा गरेको थियो ।

वास्तवमा, नोभेम्बर २०२० मा म्यानमारमा आम चुनाव भएको थियो। जसमध्ये आङ सान सुकीको पार्टीले दुवै सदनमा ३ सय ९६ सिट जितेको थियो । अर्कोतर्फ विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभलपमेन्ट पार्टीले दुवै सदनमा जम्मा ३३ सिट जितेको थियो । यो पार्टीलाई सेनाको समर्थन थियो । नतिजा आएपछि सेनाले यसमा प्रश्न उठाएको थियो । सेनाले सुकीको पार्टीले चुनावमा धाँधली गरेको आरोप लगाएको थियो । चुनावी नतिजा आएपछि मात्रै सरकार र सेनाबीच मतभेद सुरु भएको थियो, त्यसपछि सेनाले ‘कू’ गरेको थियो ।

बीबीसीको रिपोर्टका अनुसार सन् २०२१ मा म्यानमारमा भएको विद्रोहपछि सेनाले २६ सय जनाको ज्यान लिएको छ । यद्यपि यो आधिकारिक तथ्यांक मात्र हो । वास्तविक मृत्युको संख्या दस गुणा बढी हुन सक्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै