• २०८१ जेठ ४ शुक्रबार

बैठकमा नआउने कार्यपालिका सदस्यलाई राजीनामा दिन हर्क साम्पाङको आग्रह

kharibot

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र वडा अध्यक्षहरुबीच विवाद बढ्दै गएको छ । साम्पाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै वडा अध्यक्षहरुले कार्यपालिका बैठक बस्न नदिएको आरोप लगाउदै नैतिकताको आधारमा राजीनामा गरेर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

साम्पाङले शुक्रबार पत्रकार सम्मेलन गर्दै आफुले मेयरको रुपमा अभिभावकको भूमिका निभाइरहेको बताउदै सबैले आफ्नो भूमिका निभाउनुपर्नेमा जोड दिए । उनले कार्यपालिका सदस्यहरुलाई समयमै सच्चिन र त्यसो नभए नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।

मेयर साम्पाङले आफुलाई कार्यपालिकाका सदस्यहरुले बैठक संचालन गर्न नदिएको संबिधान विपरित रहेको बताउदै हरेक महिनामा कम्तिमा एक पटक कार्यपालिका बैठक बस्नुपर्नेमा सो बैठकमा  सहभागी नभएर अनुशासनहिन काम गरेको आरोप लगाएका छन् । उनले वडा अध्यक्षहरुले कार्यपालिकाको बैठकमा भाग लिने कर्तव्य पुरा नगरेको देखिएकोले धरानका जनताले कामको मुल्यांकन गरिदिन पनि आग्रह गरेका छन् ।

यस अघि विहिबार वडा अध्यक्षहरुले पत्रकार सम्मेलन गरेर मेयर साम्पाङको विरोध गरेका थिए । 

धरानमा मेयार साम्पाङसँग असन्तुष्ट रहेका वडा अध्यक्षहरुसहितका कार्यपालिका सदस्यबीच विवाद बढ्दै गएपछि कार्यपालिका बैठक नियमित संचालन हुन सकेको छैन । 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै