• २०८१ बैशाख १७ सोमबार

नेता खड्काको आजै अन्तिम संस्कार गरिदै, १३औ दिन देशभर शोक सभा गर्ने काँग्रेसको निर्णय

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले नेता खुमबहादुर खड्काको निधन प्रति शोक प्रस्ताव पारित गरेको छ ।

काँग्रेसले शोक प्रस्ताव पारित गर्दै १३औ दिनको दिन देशभर तथा केन्द्रीय कार्यालय सानेपामा शोक सभा गर्ने निर्णय गरेको छ । 

गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएका खड्काको पार्थिव शरीरलाई शनिबार राति काठमाडौँ ल्याइएको थियो । 

आइतबार बिहान खड्काको निवास सानेपामा पुर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा लगायतले श्रद्धान्जली दिएका थिए ।

दिवंगत खड्काको पार्थिव शरीरलाई अहिले श्रद्धान्जलीका लागि पार्टी कार्यालय सानेपामा राखिएको छ भने आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली काँग्रेसले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै