• २०८१ बैशाख ४ मंगलबार

खुमबहादुर खड्काको स्मृतिमा पुस १६ देखि राष्ट्रिय टेबल टेनिस 

kharibot

दाङ । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृति दिवसको अवसरमा दाङमा राष्ट्रिय स्तरको टेबल टेनिस प्रतियोगिता हुने भएको छ । 

युथ अफ तुलसीपुरको आयोजनामा पुस १६ गतेदेखि १८ गतेसम्म दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो । २५ जिल्ला र ३ विभागीय टोली सहभागि प्रतियोगिता अहिलेसम्मकै सबै भन्दा बढी पुरस्कार राशी भएको टेबल टेनिस प्रतियोगिता रहेको आयोजकले दाबी गरेको छ ।

आयोजक सस्था युथ अफ तुलसीपुरले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको छ । खड्काले गरेका काम कर्तव्यलाई जिवन्त राख्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको युथ अफ तुलसीपुरका सल्लाहकार अरुण लहरेले बताए ।  

प्रतियोगितामा २५ जिल्लाका तीन विभागीय टोलीसहित दुई सय खेलाडीहरु सहभागि हुने क्लबका अध्यक्ष बसन्त गिरीले जानकारी दिए । प्रतियोगिता तीन इभेन्टमा खेलाइने छ । प्रतियोगिताको विजेताले ५ लाख ४३ हजार नगद, प्रमाणपत्र, मेडल जित्ने छन् ।  प्रतियोगिता तुलसीपुरको कर्भड हलमा हुने छ । खेलाडीको बस्ने, खाने र यातायात खर्च समेत आयोजकले व्यहोर्ने बताएको छ ।

१६ गते बिहान ९ बजे प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमालले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता संचालनका लागि १७ लाख बढी लागत लाग्ने आयोजकले अनुमान रहेको छ । युथ अफ तुलसीपुरका अध्यक्ष बसन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सल्लाहकार अरुण लहरेले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै