म्याङ्लुङ । तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छिन् ।
एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरूङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विजय सुब्बालाई पराजित गरेकि हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी भएकी कांग्रेुसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरीन् ।
एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याईन् । दुवै जनाबीच एक हजार ७९ मतन्तर रहेको छ ।
यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएका थिइन् ।
गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन् । खापुङले भने यसपटक टिकट पाएनन । एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित भएका थिए ।
विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ ।
कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।