• २०८१ बैशाख १८ मंगलबार

जब भारत सरकारले सूर्यग्रहणबाट बच्न अमिताभ-धर्मेन्द्रको सहयोग लियो

kharibot

काठमाडौँ । आज सूर्यग्रहण लाग्दै छ । यो सूर्यग्रहण हेर्न मानिसहरु निकै उत्साहित छन् । उनी चश्मा र अन्य प्रविधिको साथ दृश्यको आनन्द लिन तयार छन् । यसको बारेमा थप जानकारी लिने पनि उत्तिकै छन् । यद्यपि, यस्तो पहिला थिएन ।

प्रविधिको विकास नभएको बेला विज्ञहरूले सूर्यग्रहणलाई नाङ्गो आँखाले हेर्न निषेध गर्थे किनभने यसका किरणहरू अत्यन्त हानिकारक हुन्छन् । तर, यो थाहा हुँदाहुँदै पनि सूर्यग्रहणको समयमा मानिसहरु घरबाट बाहिर निस्कने गर्दथे । त्यसैले ४४ वर्षअघि भारत सरकारले सूर्यग्रहण देख्न नदिन अनौठो विधि अपनाएको थियो ।

यो १६ फेब्रुअरी, १९८० को कुरा हो । सूर्यग्रहणको समय थियो । सुरक्षाका उपायबिना मानिसहरु घरबाट बाहिर निस्कने र सूर्यको हानिकारक किरणको प्रतिकूल असर झेल्नु पर्ने सरकारलाई डर थियो । त्यसैले सरकारले जनतालाई घरमै थुनेर राख्न फिल्मको सहयोग लियो । सरकारले त्यति बेलाको अमिताभ र धर्मेन्द्रको सुपर हिट फिल्म ‘चुपके चुपके’ दूरदर्शनमा देखाउने निर्णय गरेको थियो ।

त्यति बेला फिल्म टिभीमा आइतबार मात्र प्रसारण हुन्थ्यो । यही कारणले गर्दा मानिसमा फिल्मप्रति फरक क्रेज थियो । यस्तो अवस्थामा सरकारले अमिताभ बच्चन र धर्मेन्द्रको फिल्म शनिबार सूर्यग्रहणका कारण प्रशारण गर्ने निर्णय गरेपछि जनता खुसी भएका थिए । धेरै जसोले घरमै बसेर सो फिल्म हेरेका थिए भने सरकारको सुर्यग्रहणका बेला जनतलाई घरमै राख्ने प्रयास धेरै हदसम्म सफल भएको थियो ।

अमिताभ बच्चन र धर्मेन्द्र अभिनित फिल्म ‘चुपके-चुपके’ कमेडी फिल्म थियो । सन् १९७८ मा रिलिज भएको फिल्मलाई ऋषिकेश मुखर्जीले निर्देशन गरेका थिए । धर्मेन्द्र र अमिताभ बच्चनबाहेक शर्मिला टैगोर र जया बच्चन मुख्य भूमिकामा थिए । यस फिल्ममा धर्मेन्द्रले चालक प्यारे मोहन र प्रोफेसर परिमल त्रिपाठीको भूमिका निर्वाह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै