• २०८१ जेठ ६ आइतबार

कतार एयरवेजद्वारा काठमाडौँबाट ग्रिसको थेस्सालोनिकीमा उडान प्रारम्भ

kharibot

काठमाडौँ । कतार एयरवेजले ग्रीसको दोस्रो ठूलो शहर थेस्सालोनिकीसम्मको उडान आरम्भ गरेको छ ।

ग्रिसका लागि नेपालका कन्सुलर बिक्रम पाण्डे र नेपालका लागि कन्ट्री म्यानेजर जयप्रकाश नैयरले संयुक्तरुपमा थेस्सालोनिकीसम्मको उडान आरम्भको उद्घाटन गरेका छन् ।

कार्यक्रममा जयप्रकाश नैयरले पुरस्कार विजेता एयरलाइनको मजबूत विस्तार योजनाहरुलाई पनि उल्लेख गरे र साथै नेपालमा ग्रीसबाट अधिक यात्रीहरु ल्याउने र  थेस्सालोनिकीलाई दोहाको प्रख्यात हमाद अन्तरराष्ट्रिय विमानस्थल (एचआईए) मार्फत आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्ने प्रतिबद्धता व्यक्त गरे ।

“ग्रीसको हाम्रो दोस्रो गन्तव्य थेस्सालोनिकीमा हाम्रो ४ साप्ताहिक उडान सेवा सुरु गर्न निकै उत्साहित छौँ । एथेन्समा ३ दैनिक उडानसँगै हामीले ग्रीसमा बढ्दो मागको महसुस गर्यौँ र थेस्सालोनिकी भन्दा अरु राम्रो ठाउँ कुन हुनसक्छ र ?” नैयरले भने ।

कतार एयरवेजले २०१७-१८ मा अकल्याण्ड, न्यूजील्याण्ड, डबलिन, आयरल्यान्ड गणतन्त्र, नीस, फ्रान्स,  प्राग, चेक गणतन्त्र, चियांग माई, थाईल्याण्ड र पेनांग, मलेसियाजस्ता नयाँ रोमाञ्चक स्थलहरू आफ्नो नेटवर्कमा थपेको छ ।

कतार एयरवेजले विस्तार योजनाअन्तर्गत २०१८ मा कार्डिफ, बेलायत र मालागा, स्पेनसहित धेरै गन्तव्यहरू आफ्नो विश्वव्यापी मार्गमा थप्ने प्रक्रिया जारी राख्ने जानकारी दिएको छ ।

कतार एयरवेज कतारको राष्ट्रिय वाहक एयरलाइन्स हो ।  यस एयरवेजले विश्वका १५० भन्दा बढी स्थलहरूबाट आफ्ना यात्रीहरूसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै छ । एयरलाइनले २०१७-१८ मा थेस्सालोनिकी, ग्रीस सहित पेनांग, मलेसिया र कार्डिफ, बेलायत तथा अन्य धेरै रोमाञ्चक नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउँने योजना बनाएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै