• २०८१ बैशाख १७ सोमबार

आफ्नो बलिवुड यात्राबारे किताब लेख्दै अभिनेत्री कट्रिना कैफ 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री कट्रिना कैफले आफ्नो बलिवुडको यात्रा बारे किताब लेख्ने तायरी गरेको रिपोर्ट बाहिरिएको छ ।

मिडिया रिपोर्टका अनुसार कट्रिनाले आफ्नो बलिवुडको डेभ्यु देखि अहिलेसम्मको यात्रालाई समेटेर कट्रिनाले किताब लेख्न लागेकी हुन् ।

कट्रिना भन्दा अगाडी बलिवुड अभिनेत्री शील्पा सेट्टी, ट्विङकल खन्नाले किताब लेखि सकेका छन् ।

सन् २००३ मा फिल्म बूमबाट आफ्नो बलिवुडको यात्रा सुरु गरेकी कट्रिना अहिले बलिवुडमा सबै भन्दा बढी व्यस्त अभिनेत्री हुन् । 

उनको हालै अभिनेता सलमान खानसँगको फिल्म टाइगर जिन्दा है रिलिज भयो भने अर्का अभिनेता आमिर खानसँगको फिल्म ठग्स अफ हिन्दुस्तानको सुटिंग भैरहेको छ । यस पछि कट्रिनाको अभिनेता शाहरुख खानसँग फिल्म ‘जिरो’ आउदै छ । बलिवुडमा तिन वटा खानसँग काम गर्ने धेरै कम अभिनेत्रीमा कट्रिना पर्दछिन ।

कट्रिनाले किताब लेख्ने विषय मिडियामा आएपछि उनले आफ्नो व्यक्तिगत अफ्येर्सका बारेमा किताबमा सामेल गर्छिन या गर्दैनन् भन्ने कौतुहलता बढेको छ । यस बारेमा उनले आधिकारिक धारणा भने व्यक्त गरेकी छैनन् ।   
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै