• २०८१ बैशाख १७ सोमबार

म अहिले सिंगल छु – कट्रिना कैफ 

kharibot

काठमाडौँ । बलिवुडमा अफ्येर्स र ब्रेकअपको खबर हरेक दिन जसो आउने गर्दछ । सेलिब्रेटीहरु उनीहरुको फिल्मका कारण जति चर्चामा आउने गर्दछन् त्यो भन्दा बढी उनीहरुको निजी अफ्येर्स र ब्रेकअपका कारण चर्चामा आउने गर्दछन् ।

यसैक्रममा पछिल्लो मिडिया रिपोर्टका अनुसार अहिलेका चर्चित अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफको अफ्येर्सको चर्चा चलिरहेका बेला कट्रिनाले भने आफु अहिले सिंगल रहेको बताएकी छन् ।

भारतीय मिडियामा कट्रिना र विक्कीको पछिल्लो समय नजदिकी बढिरहेको चर्चा भैरहेको बेला कट्रिनाले यो हल्ला भएको भन्दै आफु सिंगल रहेको बताएकी हुन् ।

अहिले उनीहरुले सँगै फिल्ममा काम गर्न थालेपछि उनीहरुको अफ्येर्सको चर्चा झन् बढेको हो । विक्की र कट्रिनाले निर्देशक आदित्य धर र निर्माता रानी स्क्रुवालाको फिल्ममा काम गर्दै छन् । यस अघि यहि टिमले सुपरहिट फिल्म उरी बनाएका थियो । यस टिमसँग विक्की कौशलको तीन फिल्मको सम्झौता रहेको र यसको दोस्रो फिल्ममा कट्रिना जोडिएपछि उनीहरुको अफ्येर्सबारे चर्चा हुन् थालेको हो ।

कट्रिनाले भनिन्. 'म अहिले सिंगल छु, कसैसँग डेट गरेकी छैन । मलाई धेरै जनाले हरेक दिन जस्तो संदेश पठाउछन् । कसैले त मलाई खाना खान बाहिर जाउ भनेर समेत भन्छन् तर म अहिले यी सबै कुरालाई ध्यान दिइरहेकी छैन । मलाई लाग्छ मेरो मिस्टर राइट छिट्टै भेटिने छ ।'

कट्रिना निजी जीवनमा सलमान खानपछि अभिनेता रणबीर कपुरसँगको अफ्येर्स र ब्रेकअपपछि अन्य अभिनेताहरुसँग नाम जोडिदै आएको थियो । त्यस्तै विक्की कौशलको भने हालै प्रेमिका हरलिन शेठीसँग ब्रेकअप भएको थियो । विक्कीको अब अर्को फिल्म करण

जोहरको फिल्म तख्त आउदै छ । त्यस्तै कट्रिनाको सलमानसँगको फिल्म भारत रिलिज हुदै छ । अहिले कट्रिना सलामानसँग भारत फिल्मको प्रमोशनमा व्यस्त रहेकी छन् ।

भारतपछि कट्रिना रोहित शेट्टीको फिल्म सुर्यबंशीमा अक्षयकुमारसँग काम गर्दै छन् ।           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै