• २०८१ बैशाख १७ सोमबार

सुपरहिरोको भूमिकामा कट्रिना कैफ !

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री कट्रिना कैफले सुपरहिरो फिल्ममा काम गर्ने भएकी छन् ।

बलिवुडमा सुपरहिरो फिल्म निकै कम बनेका छन् । बलिवुडको सुपरहिरो फिल्मको कुरा गर्दा ऋतिक रोशनको फिल्म क्रिशको नाम आउछ । अब कट्रिनालाई पनि सुपरहिरोको भूमिकामा देख्न पाइने भएको छ ।

निर्देशक अली अब्बास जफरले कट्रिनालाई लिएर सुपरहिरोको कथामा आधारित फिल्म बनाउने भएका छन् । यसमा प्रमुख भूमिका कट्रिनाकै हुने छ ।

हालै एक अन्तर्वार्ताका क्रममा जफरले आफुले सुपरहिरो फिल्म बनाउन लागेको बताएका थिए । जफरले शुरुमा कट्रिनालाई लिएर सुपरहिरो फिल्म बनाउने, त्यसपछि बलिवुडको सुपरहित फिल्म मिस्टर इंडियाको कथामा आधारित सुपर हिरो फिल्म बनाउने, तेस्रो विभिन्न पुराणको कथामा आधारित सुपर हिरो फिल्म बनाउने र चौथो इण्डियन आर्मीको कथामा आधारित सुपरहिरो फिल्म बनाउने बताएका छन् ।

निर्देशक जफरको यो सोचले बलिवुडका फ्यानहरुमा भने खास उत्साह देखिएको छ । उनको यो सोचाई सहि भएमा यसले बलिवुडको ट्रेण्डनै परिवर्तन गर्नसक्ने फिल्म विश्लेषकहरुको बुझाई छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै