• २०८१ बैशाख २३ आइतबार

प्रधानमन्त्री देउवाको भारत भ्रमण : काठमाडौँदेखि दिल्लीसम्म तस्विरमा 

kharibot

तस्बिर _ रोशन सापकोटा, रासस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । 

प्रधानमन्त्री देउवा नयाँ दिल्ली विमानस्थलबाट राष्ट्रपति भवनमा भारत सरकारको विशिष्ट अतिथिको रुपमा रहने छन् ।  केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाको काठमाडौँदेखि भारतको नयाँ दिल्ली पुग्दाको यात्रा तस्विरमा हेरौ :

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको पाँच दिवसीय राजकीय भ्रमणका क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुहुँदै सभामुख ओनसरी घर्ती । तस्बिर : प्रदीपराज वन्त, रासस

प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा पुग्नुहुँदा स्वागत गर्नुहुँदै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराज । तस्बिर : रोशन सापकोटा, रासस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरप्राइज दिदै प्रधानमन्त्री देउवासँग बुधबार नै भेटेका छन्, तस्विर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरबाट  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै