• २०८१ बैशाख १७ सोमबार

थप ४५ जनामा कोरोना संक्रमण 

kharibot

काठमाडौं  । पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६७८ जनाको नमूना परीक्षण गर्दा ४५ जनामा संक्रमण देखिएको हो । 

१३०७ को पिसीआर परीक्षणबाट २५ जना र १३७१ को एन्टीजेन परीक्षणबाट २० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, हाल नेपालमा ११ सय ४४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । आज संक्रमितको मृत्यु भएको छैन । 

हालसम्म नेपालमा कोरोना संक्रमणका कारण १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै