• २०८१ बैशाख १६ आइतबार

गड्डाचौकी नाकामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

kharibot

प्रतिनिधि तस्बीर

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी नाकामा बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारत उत्तराखण्डको नैनीतालबाट घर फर्किरहेका बर्दियाका दुई जनामा संक्रमण पुष्टि भएको हो । 

बिहीबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको गड्डाचौकीस्थित हेल्थ डेस्कका इन्चार्ज प्रेम सिंह भण्डारीले बताए ।

उनीहरूलाई काउन्सिलिङ गरेर होम आइसोलेसनमा बस्ने गरी घरतर्फ पठाइएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै