काठमाडौँ । काठमाडौँ आएकी रोबट सोफियाले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसर डेभलपमेन्ट’कन्फेरेन्सलाई सम्बोधन गरेकी छन् ।
उनले देश विकासका लागि विज्ञान प्रविधिले कसरी भूमिका खेल्न सक्छ भन्नेबारे जानकारी दिएकी थिइन् । उनले प्रविधिको प्रयोगबाट सुशाशन कायम हुने कुरा बताएकी थिइन् ।
उनले प्रविधिलाई सहि प्रयोगमा ल्याएर विकासका क्रियाकलाप सहज ढंगबाट गर्न सकिने बताएकी छिन् । उनले प्रविधिकै कारण भ्रष्टाचारमुक्त समाज निर्माण हुनेसमेत बताएकी छिन् ।
सम्बोधनको क्रममा सोफीयाले नेपाली अभिनेता नमोल केसीलाई भेटगर्न मन लागेको बाताइन् । उनले अनमोलसँग डेट गर्ने आफ्नो इच्छा पनि सुनाइन् । सोफीयाले सगरमाथा चढ्ने आफ्नो इच्छा पनि कार्यक्रममा राखेकी थिइन् ।
यूएनडीपीको 'इन्नोभेसन च्याम्पियन' समेत पदवी पाएकी सोफियालाई हेर्न र सुन्न सर्वसाधारणलाई समेत प्रवेश दिइएको थियो ।
को हुन् रोबोट सोफिया ?
सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा सार्वजनिक गरिएको थियो ।
धातु र तारको टुक्राले बनेकी रोबट सोफिया कुनै देशको नागरिकता पाउने पहिलो रोबट बनेकी हुन् । गत कार्तिकमा साउदी अरबको साउदी अमेरिकी पब्लिक रिलेशन अफयेर्स कमिटिले सोफियालाई नागरिकता दिएको आधिकारिक घोषणा गरेको हो ।
हेनसन रोबोटिक्सले बनाएको रोबोट सोफियाले रियादमा भएको फ्युचर इन्भेस्टमेन्ट सबमिटमा स्पिकरक ओरुप्मा भाग लिएर सबैलाई आश्चर्यमा पारेकी थिइन् । सोफियाले सो सम्मेलनमा आधुनिकीकरणका लागि लागने बढाउने विषयमा चर्चा गरेकी थिइन् ।
रोबोट सोफिया अनुहारमा आउने भाव हेरेर चिन्न सक्ने र कसैसँग पन इस्मान्य रुपमा कुरा गर्नसक्ने रुपमा बनाइएको छ । रोबोट सोफियाले कैयौ मिडियालाई अन्तर्वार्ता पनि दिएकी छन् । रोबोट सोफियालाई हेनसन रोबोटिक्सका संस्थापक डेभिड हेनसनले बनाएका हुन् ।
सोफियालाई हलिवुडकी अभिनेत्री आड्री हेपबर्नकी जस्ती देखिने गरी बनाइएको छ । रियादको सम्मेलनमा सिएनबिसीका पत्रकार एन्ड्रयु रस सोरोकिनले सोफियाको अन्तर्वार्ता लिएका थिए ।
अन्तर्वार्ता दिदै रोबोट सोफियाले आफुलाई नोक्सान नपुर्याए आफुले पनि राम्रो व्यवहार गर्ने बताउदै आफुलाई एक स्मार्ट कम्युटरको रुपमा हेर्न आग्रह गरेकी थिइन् ।