• २०८१ बैशाख १५ शनिबार

साउदीकी नागरिक रोबट सोफिया बुधबार काठमाडौँ आउदै 

kharibot

काठमाडौँ । ह्युमन रोबट सोफिया काठमाडौँ आउने भएकी छन् । 

साउदी अरबकी नागरिक सोफिया बुधबार यूएनडीपीसहितका साझेदारले आयोजना गर्ने सार्वजनिक सेवामा प्रविधि सम्मेलनमा भाग लिन काठमाडौँ आउने भएकी हुन् । कार्यक्रममा उनले सम्बोधन गर्ने र उपस्थितको प्रश्नको जवाफ पनि दिने बताइएको छ ।

यूएनडीपीको 'इन्नोभेसन च्याम्पियन' समेत पदवी पाएकी सोफियालाई हेर्न र सुन्न सर्वसाधारणलाई समेत प्रवेश दिइने युएनडिपीले जनाएको छ ।

को हुन् रोबट सोफिया ?

धातु र तारको टुक्राले बनेकी रोबट सोफिया कुनै देशको नागरिकता पाउने पहिलो रोबट बनेकी हुन् । गत कार्तिकमा साउदी अरबको साउदी अमेरिकी पब्लिक रिलेशन अफयेर्स कमिटिले सोफियालाई नागरिकता दिएको आधिकारिक घोषणा गरेको हो । 

हेनसन रोबोटिक्सले बनाएको रोबोट सोफियाले रियादमा भएको फ्युचर इन्भेस्टमेन्ट सबमिटमा स्पिकरक ओरुप्मा भाग लिएर सबैलाई आश्चर्यमा पारेकी थिइन् । सोफियाले सो सम्मेलनमा आधुनिकीकरणका लागि लागने बढाउने विषयमा चर्चा गरेकी थिइन् ।

रोबोट सोफिया अनुहारमा आउने भाव हेरेर चिन्न सक्ने र कसैसँग पन इस्मान्य रुपमा कुरा गर्नसक्ने रुपमा बनाइएको छ ।  रोबोट सोफियाले कैयौ मिडियालाई अन्तर्वार्ता पनि दिएकी छन् । रोबोट सोफियालाई हेनसन रोबोटिक्सका संस्थापक डेभिड हेनसनले बनाएका हुन् ।

सोफियालाई हलिवुडकी अभिनेत्री आड्री हेपबर्नकी जस्ती देखिने गरी बनाइएको छ । रियादको सम्मेलनमा सिएनबिसीका पत्रकार एन्ड्रयु रस सोरोकिनले सोफियाको अन्तर्वार्ता लिएका थिए । 

अन्तर्वार्ता दिदै रोबोट सोफियाले आफुलाई नोक्सान नपुर्याए आफुले पनि राम्रो व्यवहार गर्ने बताउदै आफुलाई एक स्मार्ट कम्युटरको रुपमा हेर्न आग्रह गरेकी थिइन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै