• २०८१ बैशाख २९ शनिबार

एमालेबाट वीरगंज महानगरको मेयरमा बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्य सिफारिश 

kharibot

सिफारिशमा परेका बसुरुद्धिन अन्सारी र सोफिया आचार्य

वीरगंज । नेकपा एमालेले प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगन्जको मेयर र उपमेयर उम्मेदवार टुंगो लगाएको छ । एमाले पर्साको बैठकले करीव डेढ महिनापछि हुन लागेको चुनावका लागि उम्मेदवार टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको हो ।

जिल्ला बैठकले मेयरमा बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई सर्बसम्मत रुपमा सिफारिस गरेको जिल्ला अध्यक्ष प्रभु हजराले बताएका छन् । जिल्ला कमिटीमा कुनै विवाद नभएकाले प्रदेश र स्थायी कमिटीले अनुमोदनमात्र गर्न बाँकी रहेको २ नम्बर प्रदेशका सहसंयोजक नागेन्द्र चौधरीले बताए । उनले भने, ‘यसअघि जिल्ला कमिटीले सिफारिस गरेका नाममा सर्वसम्मत रुपमा नयाँ नाम आयो । अब स्थायी कमिटीले बसुरुद्धिनलाई मेयर र सोफियालाई उपमेयर उम्मेदवार बनाउनेछ ।’

जिल्ला कमिटीले यसअघि मेयरमा सिफारिस गरेका तीनजना मध्ये सुन्दर कुर्मी संघीय फोरममा प्रवेश गरेका छन् । मेयर उम्मेदवार बनाउने गरी नेशनल मेडिकल कलेजका अध्यक्ष बसुरुद्धिनलाई एमाले प्रवेश गराएपछि उनी रुष्ट भएर पार्टी छाडेका हुन् ।

वीरगञ्ज मुलुुकको ब्यापारिक केन्द्र रहेकोले कुनै पनि हालतमा जित्ने योजना बनाइएको एमालेको दाबी छ । २०७० को संविधानसभा चुनावमा एमालेले पर्साका ४ मध्ये ३ सिट सांसदमा जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै