• २०८१ असार १२ बुधबार

दाङमा दुई महिलाको हत्या, एक जना पक्राउ

kharibot

दाङ । दाङमा दुई महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका-१० पहेलपार स्थित एक घरमा बस्दै आएका दुई महिलाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहेलपारस्थित जुपली बुढाको घरमा बुढा सहित सुर्खेतकी ४४ बर्षिया संगिता सुनारको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो । प्रहरीका अनुसार उनीहरूको घरको भान्सा कोठामा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

यी दुई महिलाको घोराही चौघेरा बस्दै आएका ५७ वर्षीय टेकबहादुर घर्तीले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । रा १ ह ३७७९ नम्बरको अटो चालक रहेका घर्ती थवाङ गाउँपालिका-२ का हुन् । उनी चौघेरमा बसेर अटो चलाउँदै आएको प्रहरीले जनाएको छ ।

हत्या गर्ने घर्तीलाई प्रहरीले घोराही १० सौँडिकुलाबाट नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुवै महिलाको टाउकोमा बन्चरो प्रहार गरि हत्या गरिएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको यकिन कारण खुली नसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै