• २०८१ बैशाख २२ शनिबार

महारानी एलिजावेथको निधनमा नेपालमा तीन दिन शोक मनाउने सरकारको निर्णय

kharibot

काठमाडौँ । सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले महारानी एलिजावेथको निधनप्रति दुख व्यक्त गर्दै नेपालमा तीन दिन शोक मनाउने निर्णय गरेको एक मन्त्रीले खरीबोटलाई जानकारी दिए ।

नेपालमा भदौ २५ गतेदेखि २७ गतेसम्म तीन दिन शोक मनाउने र देशका सबै सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दुताबास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरको छ ।

महारानी एलिजावेथको विहिबार ९६ बर्षको उमेरमा निधन भएको थियो । उनले बेलायतमा ७० बर्ष शासन गरेकी थिइन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै