• २०८१ बैशाख २२ शनिबार

डेभिड बेकहमले १३ घण्टाभन्दा बढी लाइन बसेर दिए महारानीलाई श्रद्धान्जली

kharibot

काठमाडौँ । चर्चित ब्रिटिश फुटबल खेलाडी डेभिड बेकहम बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई अन्तिम श्रद्धान्जली दिन १३ घण्टा भन्दा बढी लाइन लागेका छन् ।

बेकहमले आफु यो ऐतिहासिक समयको साक्षी बन्न लाइनमा बसेर महारानीलाई श्रद्धान्जली दिएको बताएका छन् ।

बेकहमसँग लाइनमा बसेका अन्य सर्बसाधारणहरुले बेकहमले आफुले चाहेको जस्तो गरि महारानीलाई अन्तिम श्रद्धान्जली दिन लागेको आफुहरुलाई निकै राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

बेकहमले लामो लाइन बस्दा आफ्नो घुँडा ठिक भएपनि ढाड भने दुखेको बताएका छन् ।

महारानीको निधनपछि शुक्रबार शोक मनाउनेहरूको माइल लामो लाइन देखेर थप मानिसहरूलाई लाइनमा सामेल हुन अहिले सरकारले रोक लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै