• २०८१ बैशाख १७ सोमबार

एशिया कप क्रिकेटको सुपर फोरको समीकरण पुरा, को को पुगे ?

kharibot

काठमाडौँ । पाकिस्तान एशिया कपको सुपर फोरमा प्रवेश गरेको छ ।

गएराती हङकङलाई १५५ रनले पराजति गर्दै पाकिस्तान जारी एशिया कपको सुपर फोरमा प्रवेश गरेको हो ।

पाकिस्तानले दिएको १९४ रनको लक्ष्य पछाएको हङकङ १०.४ ओभरमा केवल ३८ रनमा अल आउट भएपछि पाकिस्तानले खेल १५५ रनले जितेको हो । यो हङकङले बनाएको आफ्नो टी-२० क्रिकेटको इतिहासमा अहिलेसम्मको सबैभन्दा कम टोटल हो ।  

यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा २ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

योसँगै एशिया कपमा सुपर फोरको समीकरण पुरा भएको छ । सुपर फोरमा पाकिस्तानसहित भारत, श्रीलंका र अफगानिस्तान पुगेका छन् । त्यस्तै बंगलादेश र हङकङ एशिया कपबाट बाहिरिएका छन् ।

अब सुपर फोरका खेल अन्तर्गत अफगानिस्तान र श्रीलंकाबीच आज खेल हुदै छ भने भारत र पाकिस्तानवीचको खेल आइतबार हुदै छ ।

सुपर फोरका सबै टिमले एक अर्का विरुद्ध एक एक पटक खेलेपछि शिर्ष दुई टिम फाइनलमा पुग्ने छन् ।

एशिया कपको फाइनल खेल सेप्टेम्बर ११ मा हुने छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय