• २०८१ बैशाख १७ सोमबार

पत्रकार महासंघ चरणबद्ध आन्दोलनमा, सहमतिपछि जनता टिभीको धर्ना स्थगित

kharibot

काठमाडौं । श्रमजीवी पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले श्रम समस्या देखिएका विभिन्न सञ्चारगृहहरुमा चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसक्रममा जनता टेलिभिजन, जनता रेडियो र जनता अनलाइनको सञ्चालक संस्था जनता प्रसारण तथा प्रकाशन लिमिटेड र महासंघबीच ४ बुँदे सहमतिपछि आज दिउँसो १२ बजेदेखि आव्हान गरिएको धर्ना कार्यक्रम स्थगित भएको छ ।

जनता प्रसारण तथा प्रकाशन लिमिटेडको व्यवस्थापन पक्ष र महासंघका प्रतिनिधिबीच बुधवार बिहान वार्ता र सम्वादपछि ४ बुँदे सहमति भएको हो । सहमतिपत्रमा तीनवटै मिडियामा कार्यरत श्रमजीवी पत्रकारहरुले केही महिनादेखि पारिश्रमिक लगायतका सेवासुविधा नपाएको र सहमति भएकै दिनदेखि भदौ मसान्तसम्म दिइसक्न व्यवस्थापन पक्ष तयार भएको उल्लेख छ । त्यस्तै, अबदेखि नियमितरुपमा पारिश्रमिक उपलव्ध गराउन व्यवस्थापनपक्ष तयार रहेको सहमति पत्रका जनाइएको छ ।

त्यस्तै, तीनवटै मिडियामा बिगतमा काम गरेका तर पारिश्रमिक नपाएका पत्रकारहरुका सन्दर्भमा महासंघसँग भएको सहमतिका आधारमा भदौ १५ गतेदेखि नै बैंक चेकमार्फत भुक्तानी दिन व्यवस्थापन पक्ष सहमत भएको र सोही आधारमा केहीलाई चेक दिइसकिएको र बाँकीलाई पनि क्रमिकरुपमा भदौ मसान्तसम्म दिइसक्न व्यवस्थापन सहमत भएको छ ।

यसैगरी संस्थामा कार्यरत पत्रकार कर्मचारीको न्यूनतम पारिश्रमिक नपुगेकाको हकमा पनि श्रमजीवी पत्रकार ऐनले तोकेअनुसारको न्यूनतम पारिश्रमिक पुर्याउन र ऐनले तोकेको सेवासुविधा दिन व्यवस्थापन पक्ष सहमत भएको छ । यो सहमतिपछि महासंघले पनि भदौ १६ गते टेलिभिजनमा आव्हान गरेको धर्ना कार्यक्रम स्थगित गरिएको जनाएको छ । सहमतिपत्रमा जनता प्रसारण तथा प्रकाशन लिमिटेडका तर्फबाट प्रशासन प्रमुख सन्दीप पौडेल र समाचार सम्पादक टंक पन्त तथा महासंघका तर्फबाट उपाध्यक्ष उदय जीएम र केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले हस्ताक्षर गरेका छन् ।

नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारगृहमा देखिएको श्रम समस्या समाधानका लागि पटक–पटक लिखित आग्रह गरेको र यही भदौ ७ गते पत्रमार्फत एक साताभित्र महासंघले उठाएका मागहरुको सम्बोधन र श्रम समस्या समाधान गर्न दिएको अन्तिम अल्टिमेटमलाई विभिन्न सञ्चारगृहबाट नजरअन्दाज गरिएपछि महासंघले ती सञ्चारगृहविरुद्ध संघर्षका कार्यक्रम घोषण गरेको हो । जसअन्तर्गत आज जनता टेलिभिजनले महासंघले उठाएका माग र श्रमजीवी पत्रकारको श्रम समस्या समाधान गर्न सहमति जनाएसँगै घोषित कार्यक्रमअनुसार भदौ १६ गते बिहीबार दिउँसो १२ बजेदेखि १ सम्म जनता टेलिभिजनमा गरिने संघर्षका कार्यक्रम स्थगित गरिएको छ । अन्यको हकमा घोषित समयअनुसार नै संघर्षका कार्यक्रम गरिने महासंघले जनाएको छ ।

नेपाल पत्रकार महासंघले नाइस टेलिभिजन टेलिभिजनमा भदौ १७ गते शुक्रबार दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म कालोपुलस्थित टेलिभिजन प्राङ्गणमा धर्ना कार्यक्रम आव्हान गरेको छ । त्यस्तै, इमेज टेलिभिजनमा भदौ १९ गते आइतबार दिउँसो १२ः०० बजेदेखि १ः०० बजेसम्म लाजिम्पाटस्थित टेलिभिजन प्राङ्गणमा धर्ना कार्यक्रमको आव्हान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै