• २०८१ बैशाख १५ शनिबार

अदानी बने विश्वको तेस्रो धनि व्यक्ति

kharibot

काठमाडौँ । भारतीय अर्बपति गौतम अदानी १३७.४ बिलियन डलर सम्पत्तिका साथ विश्वको तेस्रो धनी बनेका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एक एसियाली प्रवेश गरेको यो पहिलो पटक हो ।

अहिले उनी मस्क र बेजोसभन्दा पछि छन् । टेस्लाका संस्थापक एलोन मस्क २५१ अर्ब डलरको कुल सम्पत्तिका साथ शीर्ष स्थानमा छन् भने बेजोस १५३ अर्ब डलरको साथ दोस्रो स्थानमा छन् । शीर्ष १० को सूचीमा अडानी एक मात्र भारतीय हुन् । रिलायन्सका अध्यक्ष मुकेश अम्बानी ९१.९ बिलियन डलरको कुल सम्पत्तिका साथ ११ नम्बरमा छन् ।

गत महिना, अदानी चौथो धनी व्यापारी बने। उनले बिल गेट्सलाई पछि पारेका छन् । अदानीले २०२२ मा मात्रै आफ्नो कुल सम्पत्तिमा ६०.९ बिलियन डलर थपेको छ । यो कुनै पनि व्यापारीको भन्दा ५ गुणा बढी हो । उनले पहिलो पटक रिलायन्सका अध्यक्ष मुकेश अम्बानीलाई फेब्रुअरीमा सबैभन्दा धनी एशियालीको रूपमा उछिनेका थिए ।

अदानी अप्रिल ४ मा सेन्टी बिलियनियर्स क्लबमा सामेल भएका थिए । १०० बिलियन डलरभन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरूलाई सेन्टिबिलियनर भनिन्छ । एक वर्ष पहिले, अप्रिल २०२१ मा, अडानीको कुल सम्पत्ति ५७ बिलियन डलर थियो । आर्थिक वर्ष २०२१-२०२२ मा अदानीको कुल सम्पत्ति विश्वमा सबैभन्दा छिटो बढ्यो । अदानी समूहका सात सार्वजनिक सूचीकृत कम्पनी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय