• २०८१ बैशाख १५ शनिबार

विश्वको धनि व्यक्तिको सूचीमा अम्बानीलाई ठुलो अन्तरले पछाडी पार्दै अदानी

kharibot

काठमाडौँ । भारत र एसियाका सबैभन्दा धनी व्यक्ति गौतम अडानीको सम्पत्ति यस वर्ष रकेटको गतिमा बढेको छ । अहिले उनी विश्वका धनीहरुको सूचीमा चौथो स्थानमा पुगेका छन् ।

गौतम अडानीको कुल सम्पत्ति देशको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको भन्दा डेढ गुणा बढी भएको छ । फोर्ब्सको रियल टाइम इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्तिमा २.१ बिलियन डलरले बढेर १४०.८ बिलियन डलर पुगेको छ । उनले लामो समयसम्म विश्वकै धनि बनेका बिल गेट्सलाई समेत उछिनेका छन् ।

त्यस्तै भारतका अर्का धनि व्यक्ति अम्बानीको कुल सम्पत्ति ९४.९ बिलियन डलर छ र उनी विश्वको धनीको सूचीमा १०औँ नम्बरमा रहेका छन् । 

यस वर्ष, अडानीको कुल सम्पत्ति ६०.२ बिलियन डलरले बढेको छ भने अम्बानीको कुल सम्पत्ति २.७५ बिलियन डलरले बढेको छ। विश्वका शीर्ष १० धनीमा रहेका अदानी बाहेक सबैको कुल सम्पत्ति यस वर्ष घटेको छ ।

शुक्रबार शेरी बजार बन्द हुदा घटेर बन्द भएपनि अदानी समूहका अधिकांश कम्पनीको सेयर निरन्तर उकालो लागेको थियो । अदानी पावरको शेयर यस वर्ष अहिलेसम्म ३१८ प्रतिशतले बढेको छ । 

यसैबीच, शुक्रबार रिलायन्स इन्डस्ट्रिजको शेयरमा आएको गिरावटले मुकेश अम्बानीको नेटवर्थमा गिरावट आएको छ । अम्बानी कुनै समय भारत र एसियाका सबैभन्दा धनी थिए तर अहिले अदानीले उनलाई धेरै पछाडि छोडेका छन् । दुवैको नेटवर्थमा ४५.९ अर्ब डलरको अन्तर छ ।

त्यस्तै टेस्लाका सीईओ एलन मस्क २६३.४ बिलियन डलरको सम्पत्तिका साथ विश्वका धनीहरूको सूचीमा शीर्ष स्थानमा छन् ।

फोर्ब्सको बिलियनेर्स इन्डेक्सका अनुसार, यस सूचीमा फ्रान्सेली व्यापारी बेर्नार्ड अर्नोल्टको १७१.२ बिलियन डलरसहित दोस्रो स्थानमा रहेका छन् भने अमेजनका संस्थापक जेफ बेजोस १६२.७ बिलियन डलरको कुल सम्पत्तिका साथ तेस्रो स्थानमा छन् । 

त्यसैगरी माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्स ११३.५ बिलियन डलरका साथ पाँचौं स्थानमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै