• २०८१ बैशाख २४ सोमबार

किम कार्दशियन पहिलो पटक फोर्ब्सको अरबपतिको सूचीमा

kharibot

काठमाडौँ । सधै चर्चामा रहने अमेरिकी सेलिब्रेटी, सुपर मोडल, टेलिभिजन स्टार र बिजिनेस वूमन किम कार्दशियन पहिलो पटक फोर्ब्सको अरबपतिको सूचीमा समावेश भएकी छन् ।

फोर्ब्सको बार्षिक अरबपतिको सूचीमा कार्दशियनको नाम पहिलो पटक समावेश भएको हो । फोर्ब्सका अनुसार कार्दशियनको गत अक्टोबरमा कुल सम्पत्ति ७८० मिलियन डलर रहेको थियो, जुन बढेर सय करोड पुगेको हो ।

फोर्ब्सले कार्दशियनले टेलिभिजन कार्यक्रमका अलावा बिज्ञापनको सम्झौताबाट आम्दानी गरेकी छन् ।  त्यस्तै कार्दशियनको दुई ठुला बिजिनेस समेत रहेका छन्, जसले उनलाई अरबपतिको सूचीमा सामेल गराएको छ । उनले २०१७ मा केकेडब्लु ब्युटी प्रोडक्ट लन्च गरेकी थिइन् ।  जसमा मेकअप किटका विभिन्न प्रोडक्टको शुरुवात गरेकी थिइन् । 

कार्दशियनकी सौतेली बहिनी काइली जेनरले आफ्नो मेकअप कम्पनीको शानदार सफलतापछि २०१९ मा उनी सबैभन्दा कान्छी स्व-निर्मित अरबपति बनेकी थिइन् तर फोर्ब्सले पछि उनी वास्तवमा अरबपति नभएर मुल्य बढाएर प्रस्तुत गरेको बताएको थियो ।

त्यस्तै कार्दशियनले २०१९ मा स्किम्स नामको स्टोर पनि खोलेकी छन् ।  जसको कारण उनको सम्पतिमा व्यापक वृद्धि भएको छ । 

कार्दशियन फोर्ब्सको अरबपतिको सूचीमा अहिले २६७४औ स्थानमा रहेकी छन् ।

किम कार्दशियन प्रख्यात टिभी स्टार, व्यापारी र सोशलाइट महिला हुन् । किम आफ्नो बोल्ड अवतारको कारण सधैं चर्चामा हुने गर्दछिन् । किमले आफ्नो श्रीमान कान्ये वेस्टसंग सम्बन्ध विच्छेदको निर्णय गरेको यस अघिनै बाहिर आएको छ ।

किमले कान्येसंग अलग हुने निर्णय आफैं लिएकी थिइन् । उनले सन् २०१४ मा कान्ये वेस्टसंग विवाह गरेकी थिइन् ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै