• २०८१ बैशाख १५ शनिबार

फोर्ब्सको एशियाको ३० बर्षमुनिको प्रभावशाली सूचीमा गौरिका

kharibot

काठमाडौं । नेपालकी पौडीवाज गौरिका सिंह एशियाकै सर्वाधिक ३० प्रभावशाली युवाको सूचीमा परेकी छिन् । विश्वप्रशिद्ध फोर्बस म्यागाजिनले १८ वर्षीया गौरिकालाई विलक्षण प्रतिभाकी युवा भनेको छ ।

फोर्ब्सको ३० बर्षमुनिको एशिया २०२१ को सुचिमा गौरिकाको पौडी खेलमा योगदान र प्रतिभाबारे उल्लेख गरिएको छ । फोर्बसले गौरिका ९ वर्षकै उमेरबाट पौडी खेलमा सक्रिय रहेको उल्लेख गरेको छ । २०१६ को रियो ओलम्पिककी सबैभन्दा कम उमेरकि प्रतियोगी रहेकी गौरिकाले १२ वर्षको उमेरदेखि नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी छिन् । २०१९ को दक्षिण एशियाली खेलकुदमा ४ स्वर्ण, २ रजत र ३ काँस्य पदक जित्न सफल भइन् ।

उनी २०२० को टोकिया ओलम्पिकमा छनोट भएकी छिन् । यो खेल २०२१ का लागि सरेको छ । गौरिका नेपालको खेल इतिहासमा एउटै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सबैभन्दा बढी स्वर्ण जित्ने एकमात्र खेलाडी हुन् । उनी दक्षिण एशियाली खेलकुदमा सबैभन्दा बढी पदक जित्ने खेलाडीको सूचीमा पनि छिन् । बेलायतमा बस्दै आएकी गौरिका ओलम्पिकको तयारीमा छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै