• २०८१ बैशाख २६ बुधबार

हलिउड अभिनेत्री एनी हेचेको निधन

kharibot

काठमाडौँ । हलिउड अभिनेत्री एनी हेचेले एक साता जीवन र मृत्युको लडाइँ लडेर संसारबाट बिदा भएकी छन् ।

५२ बर्षिय एनी हालै उनी कोमामा गएको खबर बाहिर आएको थियो । अभिनेत्रीको कार लस एन्जलसको मार भिस्टा क्षेत्रमा जलिरहेको भवनमा ठोक्किएको थियो र उनी नराम्ररी जलेकी छन् । दुर्घटनापछि गम्भीर अवस्थामा अस्पताल भर्ना भएकी थिइन् ।

एनी हेचे अगस्त ५ गते भएको भीषण दुर्घटनाबाट मस्तिष्कमा चोट लागेका कारण अस्पतालमा बेहोस अवस्थामा थिइन् । एनीलाई क्यालिफोर्नियाको कानून अनुसार मृत घोषित गरिएको छ । तर, परिवारले उनलाई अंग दान गर्न लाइफ सपोर्ट सिस्टममा राखेको छ ।

एनी हेचेको निधनको खबर आएदेखि नै मनोरञ्जन जगत शोकमा डुबेको छ । प्रियंका चोपडाले आफ्नो पोस्ट सेयर गरेर एनीलाई श्रद्धाञ्जली दिएकी छिन् । प्रियंका र एनीले फिल्म क्वान्टिकोमा सँगै काम गरेका थिए ।    

प्रियंकाले लेखेकी छिन्, ‘तिमी जस्तो व्यक्तिसँग काम गर्न पाएकोमा मलाई गर्व छ । तपाईं धेरै राम्रो मान्छे र एक महान कलाकार हुनुहुन्थ्यो । मेरो मनमा तिम्रो विशेष स्थान छ । तिम्रो आत्माले शान्ति पाओस ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै