• २०८१ जेठ ७ सोमबार

स्वास्थ्यलयागतका सेवादिन सडक सञ्जालको विकास अपरिहार्य- ओली

kharibot

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तराई मधेशका जनतालाई स्वास्थ्यलयागतका सेवादिन सडक सञ्जालको विकास अपरिहार्य रहेको बताएका छन् ।

कपिलवस्तुको विजयनगर गाउँपालिका निर्माण भएको १५ शय्याको अस्पतालको  उद्घाटन गर्दै ओलीले सडक नभएमा अन्य संरचना निर्माण गर्नुको कुनै औचित्य नहुने भन्दै सबैभन्दा पहिला सडकसञ्जाल निर्माणमा जोड दिनुपर्ने बताएका हुन् ।

उनले तराई मधेशमा पूर्वपश्चिम राजमार्गले नछोएका स्थानमा यातायातका समस्या समाधान गर्ने उद्देश्यले हुलाकी मार्गको सुरुआत गरिएको पनि बताए । पूर्वप्रधानमन्त्री ओलीले कपिलवस्तुमा सिँचाइको समस्या समाधान गर्न  नौमुरे सिँचाइ योजनालाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

'०६३ सालमा म पराराष्ट्रमन्त्री हुँदा कपिलवस्तुको सिँचाइ समस्या समाधानका लागि नौमुरे योजनाको प्रस्ताव भारतमा लगेको थिएँ । त्यसलाई फेरि अगाडि बढाउन जरूरी छ,' उनले भने ।

कपिलवस्तु र सिङ्गो नेपालको विकासका लागि कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग गरी व्यावसायिक कृषिलाई अघि बढाउनुपर्ने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै