• २०८१ बैशाख १४ शुक्रबार

आर्सनलको प्रिमियर लिगमा विजयी शुरुवात

kharibot

काठमाडौँ । प्रिमियर लिगमा आर्सनलले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न यस सिजनको प्रिमियर लिगको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा पहिलो गोल गाब्रियल मार्टिनेलीले खेलको २०औं मिनेटमा गरेका थिए भने दोस्रो गोल क्रिस्टल प्यालेसका मार्क गुएहीले खेलको ८५औं मिनेटमा आत्मघाती गोल गरेका थिए । मार्टिनेली यस सिजनको प्रिमियर लिगको पहिलो गोल गर्ने खेलाडी बनेका छन् ।

योसहित आर्सनलले महत्वपूर्ण ३ अंक हासिल गरेर सिजनको शुरुवात गरेको छ । आर्सनलले अब अर्को खेल अगस्त १३ मा लेस्टर सिटीविरुद्ध खेल्ने छ । त्यस्तै क्रिस्टल प्यालेसले भने अर्को खेल अगस्त १६ मा लिभरपुलविरुद्ध खेल्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै